― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsटी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा – KhabarHost

टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा – KhabarHost


राष्ट्रिय

समाचार.

  • न्युजिल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि मिचेल स्यान्टनरको कप्तानीमा टोली घोषणा गरेको छ।
  • टोलीमा स्पिनर इश सोधी, फास्ट बलर जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी, एडम मिल्नेल र अलराउन्डर जिमी नीशम समावेश छन्।
  • न्युजिल्यान्ड समूह ‘डी’ मा अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र यूएईसँग प्रतिस्पर्धा गर्दै फेब्रुअरी ८ मा अफगानिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ।

२३ पुस, काठमाडौं । न्युजिल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो टोली घोषणा गरेको छ। टोलीको कप्तानी मिचेल स्यान्टनरले गर्नेछन्। यो उनको नवौं आईसीसी प्रतियोगिता हुनेछ।

स्पिनर इश सोधी पनि टोलीमा छन् भने फास्ट बलिङतर्फ जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी र एडम मिल्नेलाई समावेश गरिएको छ। अलराउन्डर जिमी नीशमले पनि मिडियम पेस बलिङ गर्ने विकल्प दिनेछन्।

माइकल ब्रेसेवेल, ग्लेन फिलिप्स र रचिन रविन्द्रले स्पिन र ब्याटिङ दुवैमा टोलीलाई बलियो बनाउनेछन्। विकेटकिपरको भूमिकामा टिम सेफर्ट रहनेछन्।

काइल जेमिसनलाई ट्राभेलिङ रिजर्भमा राखिएको छ। फर्गुसन र हेनरीका परिवारमा सन्तानको जन्म हुन सक्ने भएकाले जेमिसनलाई आवश्यकता परे खेल्न बोलाइने सम्भावना छ।

न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले टोली सन्तुलित र अनुभवी भएको बताए। उनका अनुसार भारतको अवस्था अनुकूल खेल्न सक्ने क्षमता टोलीसँग छ।

न्युजिल्यान्ड समूह ‘डी’ मा छ, जहाँ अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र यूएई पनि छन्। न्युजिल्यान्डले फेब्रुअरी ८ मा चेन्नईमा अफगानिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ।

न्युजिल्यान्डको टोली : मिचेल सान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क चापमान, डेभन कनवे, जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी, डारिल मिचेल, एडम मिल्ने, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, टिम सिफर्ट, इश सोधी, काइल जेमिसन (ट्रभलिङ रिजर्भ)





Read More