― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsटी-२० विश्वकपको ट्रफी पोखरामा – KhabarHost

टी-२० विश्वकपको ट्रफी पोखरामा – KhabarHost


राष्ट्रिय

समाचार.

  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपालमा पोखरा क्रिकेट मैदान र फेवातालमा प्रदर्शन गरिएको छ।
  • ट्रफी आज काठमाडौंको वसन्तपुर र बुधबार बौद्धमा प्रदर्शन गरिनेछ।
  • ट्रफी टुर डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने एडम्स ब्रिजबाट सुरु गरिएको थियो।

२२ पुस, काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत नेपालमा रहेको विश्वकप ट्रफी पोखरा पुर्‍याइएको छ ।

ट्रफी पोखरा क्रिकेट मैदानमा प्रदर्शनमा लगिएको थियो भने त्यहाँबाट फेवातालमा लगिएको छ । ट्रफी केहीबेर प्रदर्शनमा राखेर आजै काठमाडौं ल्याइनेछ ।

बुधबारसम्म आयोजना हुने ट्रफी टुरअन्तर्गत काठमाडौंको वसन्तपुरमा आजै ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ भने बुधबार बौद्धमा लगेर प्रदर्शन गरिनेछ ।

यसअघि सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा अनावरण गरिएको ट्रफी साँझ नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष टिमको विश्वकप जर्सी सार्वजनिक गर्ने कार्यक्रममा पनि प्रदर्शन गरिएको थियो ।

टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याइएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको थियो।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More