― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsतोलामा ३ हजार १ सय बढ्यो सुन – KhabarHost

तोलामा ३ हजार १ सय बढ्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ।
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य प्रभाव परेको छ।
  • चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ।

२२ पुस, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता घट्न थालेको सुन अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।





Read More