― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsराखेपको स्वीकृति बिना एन्फाले अगाडि बढायो निर्वाचन प्रक्रिया

राखेपको स्वीकृति बिना एन्फाले अगाडि बढायो निर्वाचन प्रक्रिया


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति बिना नै माघ २८ गते हुने निर्वाचन प्रक्रिया अघि बढाएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रामचरित्र मेहताले एन्फाको निर्वाचनलाई स्वीकृति नदिएको उल्लेख गर्नुभयो।
  • एन्फाका प्रवक्ता सुरेश शाहले राखेपले निर्वाचन नगर्ने भनेको नभएको र प्रक्रिया अघि बढाएको बताउनुभयो।

२१ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अग्रिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

एन्फाले सोमबार एक सूचना जारी गरेर माघ २८ गते हुने अर्डिनरी कंग्रेस (साधारण सभा) तथा एन्फा कार्यसमिति निर्वाचन (२०८२-२०८६) को ४ वर्षे कार्यकालको लागि सम्बन्धित सबै सदस्य संस्था तथा सरोकारवालालाई जानकारी गराएको छ ।

यद्यपी यस निर्वाचनका लागि राखेपबाट स्वीकृति भने प्राप्त भएको छैन । ‘एन्फाको निर्वाचनलाई स्वीकृति दिएका छैनौं’ राखेपका सदस्य सचिव रामचरित्र मेहताले भनेका छन् ।

एन्फाका प्रवक्ता सुरेश शाहले भने राखेपले निर्वाचन नगर्ने भनेर पनि नभनेको तर्क गरे । ‘स्वीकृतिबारे सचिवालयमा बुझ्नुपर्छ, तर राखेपले नगर्ने भनेर पनि भनेको छैन । प्रक्रिया अगाडि बढाएका छौं’ प्रवक्ता शाहले भने ।

एन्फाले हालको कार्यकाल नसकिँदै अग्रिम निर्वाचन गर्ने निर्णय गरेपछि त्यसको विरोध भइरहेको छ । महासचिव किरण राईले विधानसम्मत् ढंगले नै निर्वाचनको निर्णय भएको दाबी गर्दै आएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More