― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsजगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने – KhabarHost

जगजित श्रेष्ठले सातदोबाटोबाट खेल्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • पूर्वखेलाडी जगजित श्रेष्ठले आगामी राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन्।
  • जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् र ए डिभिजनमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए।
  • सातदोबाटो क्लबका अध्यक्ष कपिल राना मगरले जगजितलाई अनुबन्ध गरिएको र उनी बुधबार नेपाल आइपुग्ने बताएका छन्।

२१ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी जगजित श्रेष्ठले आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबबाट खेल्ने भएका छन् ।

पछिल्लो समय अस्ट्रेलियामा बसोबास गर्दै आएका जगजितले एक दशकदेखि सेमि प्रोफेसनल लिग खेल्दै आएका छन् । उनले यसअघि ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए ।

जगजितलाई राष्ट्रिय लिगभरिका लागि अनुबन्ध गरिएको क्लबका अध्यक्ष कपिल राना मगरले जनाएका छन् । उनी बुधबार नेपाल आइपुग्ने छन् ।

यसअघि सातदोबाटोले बालगोपाल साहुखललाई प्रशिक्षक नियुक्त गरेको छ भने विभिन्न अनुभवी खेलाडीहरू पनि अनुबन्ध गरेको छ ।





Read More