― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsविजय लघुवित्तको एफपीओ खुल्यो – KhabarHost

विजय लघुवित्तको एफपीओ खुल्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता सेयरको एफपीओ सोमबारदेखि खुलाएको छ।
  • कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउन एफपीओ निष्कासन गरेको हो।
  • एफपीओमा आवेदन बिहीबारसम्म अनलाइन मेरोसेयरमार्फत दिन सकिनेछ र चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ हुनेछ।

२१ पुस, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबारदेखि खुलेको छ ।

आम सर्वसाधारणका लागि कम्पनीले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले नै कम्पनीले सो सेयर निष्कासन गरेको हो।

संस्थामा सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो । नयाँ सारथी लघुवित्तसँग मर्जरपछि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने नीतिगत व्यवस्था छ ।

एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ हुनेछ । सर्वसाधारणले सोमबारदेखि बिहीबारसम्म कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयर मार्फत कम्तीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

हाल सेयर बजारमा यस कम्पनी कारोबार भइरहेको छ । कुल ७४ लाख ५० हजार ४०४ कित्ता सेयर बजारमा सूचीकृत छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ छ ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.६२ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ छ । देशभर कारोबार गर्न इजाजत पाएको यसको मुख्य कार्यालय धुलिखेलमा छ ।





Read More