राष्ट्रिय
समाचार.
- नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशी महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबका लागि डेब्यू गरेकी छन्।
- दीपाले डेब्यू खेलमै चार गोल गरिन् र उनको टोलीले नसरिन स्पोर्ट्स एकेडेमीलाई १२-० ले हरायो।
- दीपा शाहीलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।
२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशी महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबका लागि डेब्यू गरेकी छन् ।
डेब्यू खेलमै उनले चार गोल पनि गरिन् । उनको टोली राजशाहीले नसरिन स्पोर्ट्स एकेडेमीलाई १२-० ले हराएको हो ।
खेलमा दीपा नै प्लेयर अफ द म्याच बनिन् ।


