― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsडेक्लान राइस चम्किँदा शीर्षस्थानको आर्सनलको जित – KhabarHost

डेक्लान राइस चम्किँदा शीर्षस्थानको आर्सनलको जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथलाई ३-२ गोलअन्तरले हराएको छ।
  • डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।
  • जितपछि आर्सनलको २० खेलमा ४८ अंक भएको छ र शीर्षस्थानमा छ।

२० पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा आर्सनल ३-२ गोलअन्तरले विजयी भएको हो ।

आर्सनलको जितमा डेक्लान राइसले २ तथा गाब्रियल मागाल्सले १ गोल गरे । बर्नमाउथका इभालिन्सन र एली जुनियर क्रुपीले १-१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता १०औं मिनेटमा इभालिन्सनको गोलमार्फत बर्नमाउथले लिएको थियो । १६औं मिनेटमा गाब्रियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५४औं र ७१औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई ३-१ को अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा क्रुपीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल भएनन् ।

घुँडाको समस्यापछि यसअघिको गेमविकमा नखेलेका राइसले यस खेलमा म्याच विनिङ प्रदर्शन गरे ।

जितपछि शीर्षस्थानको आर्सनलको २० खेलमा ४८ अंक भएको छ र ६ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने तेस्रो स्थानको सिटीको १९ खेलमा ४१ अंक छ ।

पराजित बर्नमाउथको २० खेलमा २३ अंकसहित १५औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा वुल्भ्सले वेस्ट ह्‍यामलाई ३-० ले हराउँदा ब्राइटनले बर्नलीलाई २-० ले पराजित गर्‍यो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More