― Advertisement ―

HomeLatest newsनिर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय, अर्को सरकार गठनको माग

निर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय, अर्को सरकार गठनको माग



१९ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिंदै विघटनको माग गरेको छ । ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयक्त जनसरकार र जनसंविधानका लागि संयसक्त संघर्क्ष अघि बढाउने सार्वजनिक गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More