― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsसमानुपातिक सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?

समानुपातिक सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?


राष्ट्रिय

समाचार.

  • राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा नाम परिवर्तन दुई अवस्थामा मात्र गर्न पाइन्छ, जसमा कलस्टर नमिलेको र उम्मेदवारले नाम फिर्ता लिएको अवस्था पर्दछ।
  • निर्वाचन आयोगले दललाई पुस २० गतेसम्म क्लस्टर नमिलेको जानकारी दिनेछ र पुस २१ देखि २७ गतेसम्म संशोधन पेश गर्ने समय दिनेछ।
  • उम्मेदवारले पुस २८ गतेसम्म नाम फिर्ता लिन सक्नेछन् र पुस ३० गतेसम्म दलले नयाँ उम्मेदवारको नामावली आयोगमा पेश गर्नेछ।

१८ पुस, काठमाडौं । राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन् । अब उक्त सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार दुईटा अवस्थामा सूचीमा रहेको नाम परिवर्तन पाइन्छ ।

पहिलो अवस्थाबारे उनी भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा, समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले (परिवर्तन गर्न) पाइन्छ ।’

दोस्रो अवस्था भनेको उम्मेदवारले नै नाम फिर्ता लिएको अवस्था हो । उनी भन्छन्, ‘कसैले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को मान्छे पठाउन पाइन्छ ।’ यसका लागि दलहरूले एक साताको समय पाउने छन् ।

प्रवक्ता भट्टराईका अनुसार क्लस्टर नमिलेको अवस्थामा आयोगले सम्बन्धित दललाई यही पुस २० गतेसम्म सूचित गरिसक्छ । ‘त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ,’ उनले भने ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More