― Advertisement ―

युक्रेनले रुसले आफ्नो सैन्य सम्पत्तिलाई सुपरचार्ज गर्न सन् २०३५ सम्म करिब १००० उपग्रह तैनाथ गर्ने योजना बनाएको जनाएको छ ।

रसियाली भाषामा अघिल्लो भाषामा छिटो भन्दा छिटो अपेक्षितमस्कोले २०३५ सम्ममा रास्भेटलाई ९२४-स्याटेलाइट नक्षत्रमा विस्तार गर्ने योजना बनाएको छरासभेटले हाल स्टारलिङ्क-स्तर निरन्तर जडानको सट्टा अन्तरिम...
HomeLatest newsबुद्धिमान तामाङ – KhabarHost

बुद्धिमान तामाङ – KhabarHost



१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरूले अघि बढाएको एजेन्डा स्थापित हुन अब समय नलाग्ने बताएका छन् । राप्रपा र राप्रपा नेपालबीच भएको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले यसका लागि अहिले समय आएको जिकिर गरे ।

‘यो दुई वटा पार्टी मिलेर अघि बढेपछि अवश्य पनि हाम्रो एजेन्डा स्थापित हुन समय लाग्दैन । अब नजिक आइसकेको छ,’ तामाङले भने ।

उनले एकता प्रक्रियामा आएका पूर्वअध्यक्ष कमल थापाको प्रशंसा गर्दै आफू ठाउँ ठाउँमा पुग्दा उनीबारे विभिन्न कुराहरू सुन्ने गरेको बताए ।

‘राप्रपा र राप्रपा नेपाल हुँदा ठाउँ ठाउँमा कुरा गर्थे, क्षेत्रीको छोरा भनेको त कमल थापा नै रहेछ है भनेर ठाउँ ठाउँमा भन्थे,’ तामाङले भने, ‘त्यस्तो अवस्थामा पनि राजा र हिन्दूराष्ट्र भनेर पार्टीलाई यो अवस्थामा पुर्‍यायो भनेर भन्थे ।’

आफूहरूले बोकेको एजेन्डाबारे पूराना दलका नेताहरूले ठिकै रहेछ भनेर मनन गर्न थालेको समेत उनले बताए ।

‘यो २३ र २४ गतेको घटनापछि जुन एजेन्डा हामीले बोकेर गएका थियौं, जुन एजेन्डा हामीले बोकेर गएका थियौं । सबै संस्थाले चाहिने एउटा अभिभावक चाहिने रहेछ,’ उनले भने, ‘सबैले छातीमा हात राखेर भन्ने हो भने अन्य पार्टी नेतालाई महसुस भएको छ । हैन भने यो राजधानीबाट हामी भाग्नुपर्ने रहेनछ भन्ने भएको छ । तर, उहाँहरूले मुखले भन्नुभएको छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More