― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsरेखा र निरुताको ‘३६ को आँकडा’ नेपाली नयाँवर्षको छेकोमा

रेखा र निरुताको ‘३६ को आँकडा’ नेपाली नयाँवर्षको छेकोमा


राष्ट्रिय

समाचार.

  • अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ २७ चैत २०८२ देखि देशव्यापी रूपमा रिलिज हुने भएको छ।
  • सवीर श्रेष्ठ निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्काले अभिनय गरेका छन्।
  • फिल्म रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो र यसले दर्शकलाई फरक स्वाद दिने विश्वास गरिएको छ।

काठमाडौं । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ नेपाली नयाँवर्ष २०८३ को छेकोमा आउने भएको छ । रेखाले सामाजिक सञ्जालबाट प्रदर्शन मिति घोषणा गरेकी हुन् ।

उनका अनुसार, सवीर श्रेष्ठ निर्देशित फिल्म २७ चैतदेखि देशब्यापी रिलिज हुनेछ ।

प्रदर्शन मिति घोषणा गर्दै रेखाले लेखेकी छन्, ‘ देश पाखण्डको दोस्रो अध्यायमा प्रवेश…। चलचित्र ‘छत्तीसको आँकडा’ आगामी चैत्र २७ गते देशव्यापी रूपमा रिलिज हुँदैछ । चैत २७ मा हलमै भेटौं ।’

फिल्ममा रेखासहित पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्का लगायतको अभिनय छ । यसअघि सार्वजनिक फिल्मको पोस्टरलाई दर्शकहरूले रूचाएका छन् । फिल्मले दर्शकलाई फरक स्वाद दिने विश्वास गरिएको छ ।

यो फिल्म रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More