― Advertisement ―

‘उनीहरूले मसँग भुइँ पछ्याए र उनीहरूले गर्न सक्ने हरेक बालिश खेल ताने’: असन्तुष्ट अनुसन्धानकर्ताले दोस्रो प्रमुख विन्डोज शून्य-दिन जारी गरे – माइक्रोसफ्टको दाबी ‘मेरो...

माईक्रोसफ्ट डिसियरेन्डर नयाँ खोज zero-day dubbed RedSunफ्लाले डिफेन्डरको फाइल पुन: लेख्ने व्यवहारको दुरुपयोग गरेर प्रणालीमा स्थानीय विशेषाधिकार वृद्धिलाई सक्षम बनाउँछBlueHammer रिलिजको दिन पछि आउँछ;...
HomeLatest newsठोरीमा खुल्यो ‘इकोलक्स रिट्रिट’, भारतीय पर्यटकलाई मुक्तिनाथ र पशुपतिनाथ प्याकेज

ठोरीमा खुल्यो ‘इकोलक्स रिट्रिट’, भारतीय पर्यटकलाई मुक्तिनाथ र पशुपतिनाथ प्याकेज


राष्ट्रिय

समाचार.

  • पर्सा ठोरी गाउँपालिका–२ गोलेडाँडामा ‘ठोरी इकोलक्स रिट्रिट’ नामक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ।
  • रिसोर्टले हिमालयको स्वादलाई प्राथमिकता दिँदै मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुन र रसुवाको चौंरीको घिउ उपलब्ध गराउनेछ।
  • ठोरी इकोलक्स रिट्रिटले अंग्रेजी नयाँ वर्षका लागि ‘स्क्रेमिङ सोल’ ब्यान्डसँग लाइभ संगीत कार्यक्रम आयोजना गर्ने जनाएको छ।

१५ पुस, काठमाडौं । पर्सा ठोरीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । ठोरी गाउँपालिका–२ गोलेडाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटक लक्षित गर्दै ‘ठोरी इकोलक्स रिट्रिट’ रिसोर्ट सञ्चालनमा आएको हो ।

‘प्रकृति र विलासिताको संगम ठोरी इकोलक्स रिट्रिट, हिमालयको स्वाद’ थिमसहित सञ्चालनमा आएको रिसोर्टमा युरोपियन डिजाइनका सुविधा सम्पन्न आवासीय भिल्ला उपलब्ध छन् । रिसोर्टमा हिमालयको स्वादलाई मुख्य प्राथमिकता दिइएको छ ।

ठोरी इकोलक्स रिट्रिटका अध्यक्ष छतेन्द्र आचार्यले पाहुनालाई ठोरीमा नै हिमालयको स्वाद उपलब्ध गराइने सोच सहित रिसोर्ट सञ्चालनमा ल्याइएको बताए।

‘ठोरीमा आउने पाहुनालाई हिमालयको काखमा उब्जाउ भएका उत्पादनहरूका स्वाद चखाउने हाम्रो लक्ष्य हो, हामीले मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुन ठोरीमा ल्याएका छौं, रसुवाको लेकमा पालिएका चौंरीको घिउ ठोरीमा हिमालय खाना सेटमा हामीले उपलब्ध गराएका छौं,’ अध्यक्ष आचार्यले भने।

यसैगरी कास्कीको ‘जेठो बूढो’ को धानको चामल ‘हिमालय सेट’ मा ठोरीमा उपलब्ध गराइएको आचार्यले जानकारी दिए ।्

स्थानीय छतेन्द्र आचार्य, धर्म विष्ट, ऋषि खनाल, महेश गौतम र विकल आचार्य गरी पाँच युवाको ३ करोड रुपैयाँ लगानी र पहलमा सञ्चालनमा आएको यो रिसोर्ट कुल डेढ बिघा क्षेत्रफलमा फैलिएको छ।

अंग्रेजी नयाँ वर्षमा प्याकेज

ठोरी इकोलक्स रिट्रिटले अंग्रेजी नयाँ वर्षका लागि लाइभ म्युजिकसहितको प्याकेज बनाएको छ ।

भोलि बुधबार सन् २०२५ को अन्तिम साँझ अर्थात न्यु इयर इभका लागि ‘स्क्रेमिङ सोल’ ब्यान्डका साथ लाइभ सांगीतिक साँझ आयोजना हुने भएको हो ।

यस्तै १ जनवरी २०२६ (नयाँ वर्ष) का दिन समेत लाइभ प्रस्तुति हुनेछ । लाइभ  कार्यक्रममा स्न्याक्स र ड्रिन्क्स एक हजार रुपैयाँको टिकटसँगै प्याकेजमा समावेश छ ।

छानेरै खान पाइन्छ कालिज

ठोरी इकोलक्स रिट्रिटमा कालिज पालनका लागि फार्म बनाइएको छ । यो रिसोर्टमा आउने पाहुनाले आफूले इच्छाएको कालिजलाई आफ्नै अगाडि विभिन्न परिकारका रूपमा चाख्न पाउने छन् ।

पाहुनाका लागि एउटा कालिज ४ हजारमा उपलब्ध हुनेछ । ग्राहकको इच्छा अनुसार कालिजलाई विभिन्न परिकारमा उपलब्ध गराइने छ । ठोरीमा नै होटल तथा रिसोर्टमा कालिज पाइने यो रिसोर्ट पहिलो भएको सञ्चालक धर्म विष्टको दाबी छ।

यसैगरी आफ्नै फार्ममा उत्पादन भएका लोकल कुखुराको परिकार पनि यहाँ उपलब्ध हुने उनी बताउँछन् । स्थानीय कृषकले उत्पादन गरेका लोकल कुखुरा ग्राहकले जिउँदै किन्न चाहेमासमेत उपलब्ध हुने उनी बताउँछन् । तर कालिज भने पकाएका परिकार मात्र उपलब्ध हुनेछ ।

मुस्ताङको च्याँग्राको सुकुटी

विष्टका अनुसार यो रिसोर्टमा आउने पाहुनालाई मुस्ताङको च्याँग्राको सुकुटी समेत उपलब्ध हुनेछ । ग्राहकले इच्छाएमा यो परिकार उपलब्ध गराइने छ ।

ठोरीमै पहिलो पटक कफीको स्वाद

यो रिसोर्टमा कफी पारखीका लागि विभिन्न प्रकारका कफीको स्वाद उपलब्ध गराइएको छ ।

ठोरीमा नै पहिलोपटक कफी मेसिन प्रयोग गरिएकाले यो रिसोर्टमा कफीका विभिन्न स्वाद चाख्न पाइन्छ । यहाँ कफी बिन्सबाट बन्ने एसप्रेसो, अमेरिकानो, लाते लगायत स्वाद उपलब्ध हुनेछन् । यो रिसोर्टमा कफीका लागि उच्च प्रविधिको मेसिन भित्र्याइएको छ ।

भारतीय र नेपाली खाना एकै ठाउँ

यो रिसोर्टमा भारतीय पर्यटकका लागि स्वाद अनुसारका भारतीय परिकार पनि उपलब्ध हुनेछन् । भारतीय खाना सेट, नेपाली हिमालय खाना सेट, नेपाली स्थानीय खाना सेट उपलब्ध छ्न् ।

स्थानीय स्तरमा उत्पादन भएका तरकारी सहित उत्पादन यहाँको खानाका लागि प्रयोग हुने विष्ट बताउँछन् ।

बस्नका लागि रोजाइ अनुसारका भिल्ला र टेन्ट

ठोरी इकोलक्स रिट्रिट आउने पाहुनाले आवासका लागि सुविधा सम्पन्न भिल्ला रोज्न सक्नेछन् ।

एउटै भिल्लामा एउटा परिवार बस्न मिल्नेदेखि कपल भिल्ला तथा रुम रिसोर्टमा उपलब्ध हुनेछ । युरोपियन डिजाइनमा बनेका भिल्ला तथा साधारण रुम ग्राहकका लागि उपलब्ध हुनेछन् ।

यसैगरी टेन्टमा बस्न चाहने पाहुनाका लागि टेन्टसमेत उपलब्ध हुनेछ । त्यस्ता पाहुनाका लागि सिंगल, डबल तथा ग्रुप टेन्ट उपलब्ध गराइने अध्यक्ष आचार्यले जानकारी दिए ।

ठोरीबाटै मुक्तिनाथ र पशुपतिनाथ प्याकेज

ठोरी इकोलक्स रिट्रिटले आफ्नो औपचारिक सुरुवातसँगै भारतीय तथा नेपाली पर्यटकका लागि मुक्तिनाथ र पशुपतिनाथ भ्रमण प्याकेज पनि तयार गरेको छ ।

भारतबाट ठोरी आएका पर्यटकलाई चितवन, पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ पुर्‍याइने अर्का सञ्चालक महेश गौतम बताउँछन् ।

यसैगरी काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि समेत प्याकेज तयार गरिएको गौतम बताउँछन् ।

पशुपतिनाथको प्याकेजमा हेटौंडा हुँदै काठमाडौंका दक्षिणकाली, स्वयम्भू, हनुमानढोका दरबा संग्रहालय, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर सहित पशुपतिनाथ, कालभैरव र संकटा मन्दिरको रुट समावेश हुनेछ ।

नेपाली पर्यटकका लागि रेल प्याकेज

यसैगरी रिसोर्टले आफ्ना आन्तरिक पर्यटकका लागि रेल प्याकेज पनि तयार गरेको छ ।

ठोरी आउने नेपाली पर्यटकका लागि भारतको नरकटियागञ्ज हुँदै पटना, बनारस, अयोध्या, लखनऊ, गोवा, आगरा, वैष्णवदेवी, दिल्लीसम्मका रेल प्याकेज तयार गरिएको छ ।

यी विभिन्न प्याकेजमा जान चाहने पर्यटकलाई रेल तथा कारमार्फत विभिन्न स्थानको भ्रमण गराइने ठोरी इकोलक्स रिट्रिटले जनाएको छ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी

ठोरी इकोलक्स रिट्रिटमा आउने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जंगल सफारी प्याकेज पनि तयार गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको प्याकेजमा माडी हुँदै कसरा र सौराहासम्मको प्याकेज तथा पर्सा राष्ट्रिय निकुञ्जको प्याकेजमा इच्छानगर हुँदै शिकारीवाससम्मको जंगल सफारी प्याकेज समावेश छ ।

यसैगरी सिद्धेश्वर महादेव दर्शन, वनशक्ति माईको मन्दिर दर्शन, सीता गुफा भ्रमण, ह्वाइट हिल, बाघमोर्चा मन्दिरको प्याकेजसमेत ग्राहकको इच्छा अनुसार तय हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More