― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsकांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची



१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन । मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकेको अनलाइनखबरसँग स्वीकार गरे ।

मंगलबार बिहान अनलाइनखबरसँग कुरा गर्दै पौडेलले भने, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र नाम टुंगो लगाउँदै छौं ।’

किन पछि पर्‍यो कांग्रेस ?

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार)को समय दिएको थियो । सोही अनुसार रातभरसम्म नामावली बुझ्ने–बुझाउने काम जारी थियो ।

सुरुमा नेपाली कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली बोकेर पहिल्यै निर्वाचन आयोगको कार्यालय पुगेका थिए । मंगलबार बिहानपख करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग आइपुगे ।

तर मुख्य सचिव र परियारले बोकेको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीहरुले नामावली बुझ्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाए । महाराजगञ्ज पुगेका उनीहरु यो समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किएका छैनन् ।

मंगलबार बिहान अनलाइनखबरसँग कुरा गर्दै मुख्य सचिव पौडेलले भने, ‘अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं, टुंग्याउँदैछौं ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More