― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsबिरामी सुरक्षासम्बन्धी चितवनमा २ दिने राष्ट्रिय सम्मेलन हुँदै

बिरामी सुरक्षासम्बन्धी चितवनमा २ दिने राष्ट्रिय सम्मेलन हुँदै


राष्ट्रिय

समाचार.

  • पुस २६ र २७ गते चितवन मेडिकल कलेजमा बिरामी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको दुईदिने सम्मेलन आयोजना हुने भएको छ।

१४ पुस, काठमाडौं । बिरामी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको दुईदिने सम्मेलन आयोजना हुने भएको छ । यही पुस २६ र २७ चितवन मेडिकल कलेजमा सम्मेलन आयोजना हुन लागेको हो । निरामय आयोजना हुने लागेको यस सम्मेलनको सहआयोजक चितवन मेडिकल कलेज अस्पताल रहेको छ ।

‘नैतिक, व्यवसायिक र बिरामी-केन्द्रित हेरचाह’ मार्फत नेपालमा जिम्मेवार स्वास्थ्य प्रणाली सुदृढीकरण’ भन्ने मूल नारासहित सम्मेलन आयोजना हुन लागेको कार्यक्रम संयोजक डा. दीर्घराज जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रममा देशभरका चिकित्सक, नर्स, फार्मासिस्ट, जनस्वास्थ्य क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा सहभागीहरूले आफ्ना अनुसन्धानका मौखिक तथा पोस्टर प्रस्तुती राख्नेछन् । साथै, स्वास्थ्य क्षेत्रका केही विशिष्ट व्यक्तिहरूले किनोट सेसनमार्फत आफ्ना अनुभव र बिरामी सुरक्षा सुनिश्चित गर्न सकिने सम्भाव्य उपायहरू प्रस्तुत गर्नेछन् ।

पूर्णरूपमा बिरामी सुरक्षामा केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुन लागेको डा.जोशीले बताए । हाम्रो स्वास्थ्य प्रणालीका कमजोरीमा औषधिको जथाभावी प्रयोग, दर्ता नभएका स्वास्थ्य संस्थाहरू सञ्चालन हुनु, चिकित्सक र बिरामीबीच बढ्दो तनाव, तथा आम व्यक्तिलाई स्वास्थ्य प्रणालीबारे पर्याप्त जानकारी दिन नसक्नु रहेको उनको भनाइ छ ।

यिनै समस्यालाई केन्द्रमा राख्दै नैतिकता, जवाफदेहिता, इमान्दारता र आध्यात्मिक चेत सहित बिरामीलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीहरूले कसरी कार्य गर्नुपर्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहने डा.जोशीले जानकारी दिए ।

सम्मेलनमा सहभागिताका लागि पुस १९ गतेसम्म आवेदन खुल्ला गरिएको छ । सम्मेलनम सहभागी हुने दर्ता शुल्क विद्यार्थीहरूका लागि १००० रुपैयाँ र अन्य सहभागीहरूका लागि १५०० रुपैयाँ तोकिएको छ। शुल्कमा सम्मेलन किट, साझा आवास, खाना, खाजा तथा प्रमाणपत्र समावेश गरिएको आयोजकले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More