― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsमदिरा नखान सुझाएकी सासूको ज्वाइँले गरे हत्या – KhabarHost

मदिरा नखान सुझाएकी सासूको ज्वाइँले गरे हत्या – KhabarHost


अस्पतालमा राखिएको शवको सांकेतिक फोटो



१४ पुस, विराटनगर । इटहरीमा छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरीस्थित छोरी–ज्वाइँको घर आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो ।

हत्या आरोपमा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।

दुई सन्तानका बुबा र सवारी चालक ज्वाइँलाई मदिरा सेवन नगर्न भनेर सासूले सम्झाउन खोज्दा हत्या गरेको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

डिएसपी खड्काका अनुसार उपचारका लागि इटहरी आएकी बयलकोटी सोमबार घर फर्कने तयारीमा थिइन् । उनी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् । उनी पुग्दा ज्वाइँ मदिराले मातेका थिए ।

त्यसपछि पबीमायाले ज्वाइँलाई रक्सी नखान भन्दै सम्झाएकी थिइन् । सुरुमा सासूले सम्झाउँदा सुनिरहेका उनले पछि ट्युबेलको ह्याण्डलले टाउकोमा प्रहार गरेका थिए । सासूमाथि आक्रमण गरी भाग्दै गर्दा इटहरीबाटै उनलाई पक्राउ गरेको डिएसपी खड्काले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More