― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsएम्बुलेन्सबाट गाँजा ओसारपसार, २ जनालाई पक्रन प्रहरीले चलायो गोली

एम्बुलेन्सबाट गाँजा ओसारपसार, २ जनालाई पक्रन प्रहरीले चलायो गोली



१४ पुस, विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ ।

आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।

शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए ।

त्यसपछि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको थियो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै पक्राउ परेका छन् । एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार जहदा गाउँपालिका–२ तारिगामाबाट गोली चलाएर ३ सय ३० किलो गाँजासहित भारीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More