― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsरवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल, आज पनि प्रयास जारी

रवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल, आज पनि प्रयास जारी



१४ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको छ । नेताहरुका अनुसार सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल भने जारी रहने छ ।

‘आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै कुलमानसँग आज पनि सहमतिको प्रयास हुन्छ,’ एक नेताले भने ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग पनि कुलमान पक्षबीच एकता वार्ता भए पनि त्यसमा पनि खास प्रगति नभएको स्रोत बताउँछ ।

कुलमानलाई दिने पदमा मिलेन कुरा

रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएको थियो । तर कुलमानसँगको छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।

जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दिने भन्ने विषयमा कुरा नमिलेपछि उनीहरु छुट्टिएका थिए । कुलमानलाई मिल्नका लागि दबाब दिन केही जेनजी युवाहरु मध्यराति पनि कुलमानको घरसम्मै पुगेका थिए ।

उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले पार्टीमा सहअध्यक्ष पाउनुपर्ने वा प्रधानमन्त्री आलोपालो हुनुपर्ने आफूहरुको मागमा रवि–बालेन तयार नभएकाले सहमति नजुटेको बताए । आइतबार रवि–बालेन एकतापछि अनलाइनखबरसँगको अन्तर्वार्तामा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि सहमति नजुटेको बताएका छन् ।

आइतबार नै पोखराको जिल्ला भेलामा कुलमानले नयाँ दलहरु मिल्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कुलमान घिसिङ अलग देखिनु दु:खद छ :  सुदन गुरुङ

रवि–बालेन–कुलमान एकताका लागि हामी नेपालका संस्थापक सुदन गुरुङ लगायतले दबाब दिँदै आएका थिए । आइतबार मध्यरातिसम्मको छलफलमा उनी पनि सहभागी थिए । तर सहमति नजुटेपछि उनले राति १ बजे फेसबुकमा स्टाटस लेखेर दु:ख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दु:खद छ । अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला र तर आजको समयले तपाईंहरुलाई सँगै उभिने म्याडेट दिएको छ ।’

जेनजी आन्दोलनपछिको अहिलेको गम्भिर परिस्थितिमा सबै प्रमुख शक्तिहरु एकजुट हुने अपेक्षा गरिएको उनले बताएका छन् । उनले लेखेका छन्, ‘आदरणीय प्रिय सरोकारवाला शत्ति mहरुलाई विनम्र अनुरोध छ, कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुस् । देशलाई विभाजन होइन, एकता आवश्यक छ ।’ यसअघि ललितपुरमा रवि–बालेनबीच एकताको वार्ताको बेला सुदनले बाहिरबाट ताला लगाइदिएर मिल्न दबाब सिर्जना गरेका थिए ।

रवि–बालेन–कुलमान वार्ताबारे जानकार स्रोतले भन्यो, ‘हिजो मध्यरातिको वार्ता सहमतिमा पुगेन । आज बिहान १० बजेसम्म फेरि सहमतिको प्रयास गरिन्छ । किनभने १० बजेसम्म सहमति जुटेन भने निर्वाचन आयोगमा समानुपातिक क्लस्टर मिलाएर बन्दसूची पेश गर्न भ्याइँदैन । त्यसैले आज बिहानका केही घण्टा हाम्रा लागि अत्यन्त निर्णायक र महत्वपूर्ण छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More