― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsचुनावमा होमियो एमाले – KhabarHost

चुनावमा होमियो एमाले – KhabarHost



१३ पुस, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा संशय व्यक्त गरिररहेको एमाले अन्ततः प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ ।

केन्द्रीय मूख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले समानुपातिक तर्फको बन्दसूचीमा राखिने नामबारे छलफल गरेको छ भने प्रत्यक्ष तर्फका आकांक्षीहरुको नाम २० पुसभित्र सिफारिस गर्न निर्देशन दिएको छ ।

‘आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत् सिफारिस गर्न निर्देशन गर्ने निर्णय भएको छ,’ पार्टी सचिव राजन भट्टराईले जानकारी दिएका छन् । समानुपातिकतर्फ भोलि निर्वाचन आयोगमा बुझाउने नामहरूबारे समेत एमालेले निर्णय गरिसकेको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ बन्दसूचीमा राखिने नामहरू पनि पारित गरेको छ ।

‘अध्यक्षले आवश्यक ठानेमा केही करेक्सन गरेर निर्वाचन अयोगमा दर्ता गर्न पठाउने भन्ने भएको छ,’ बैठकपछि पत्रकारहरुसँग भट्टले भने । ओलीले प्रस्तुत गरेको प्रस्तावमा केही सुझाव पनि पारित भएको उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव महेश बस्नेतले पनि अरुले चुनावको तयारी नगरे पनि आफूहरूले धेरै कुरा व्यवस्थित गरिसकेको बताए ।

‘साथीहरू निर्वाचन निर्वाचन भन्नुभएको छ, कुनै निर्वाचनको तयारी उहाँहरूले गरेको देखिँदैन, बरू हामी निर्वाचन होइन भन्दाभन्दै पनि हाम्रो संगठन र जनताकाबीचको सम्बन्ध धेरै व्यवस्थित गरेका छौं,’ बस्नेतले भनेका छन् ।

लोकतान्त्रिक दल भएकाले चुनावको विपक्षमा आफ्नो पार्टी नरहने जिकिर उनको थियो । ‘चुनाव स्वीकार गर्छौं । चुनौती र प्रतिस्पर्धालाई पनि स्वीकार गर्छौं,’ सचिव बस्नेतले भने ।

बैठक स्रोतका अनुसार ओलीले समानुपातिक बन्दसूचीमा बुझाइने ११० जनाकै नाम तयार पारेका छन् । जहाँ खस आर्यतर्फको एक नम्बरमा गुरु बरालको नाम उल्लेख छ ।

सूची संशोधनको माग

अध्यक्ष ओलीले ल्याएको सूचीमा रहेका नामहरू सच्चाउने पार्टी भित्र माग भएको छ ।

‘गुरु बराललाई प्राथमिकतामा राखेर गोरखबहादुर बोगटी, खेम सुवेदी, पुष्प कँडेलहरुको नाम राखिएको छ,’ बैठक स्रोत भन्छ, ‘यस्तो प्रस्ताव आएपछि अरू पदाधिकारीले संशोधनको सुझाव राख्नुभएको छ ।’

उनका अनुसार उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिव यामलाल कँडेलले आ–आफ्ना तर्फबाट नामहरू बुझाएका छन् ।

उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले भने समानुपातिक बन्दसूची तयार पार्दा मापदण्डमा आधारित हुनुपर्ने अडान लिएका थिए ।

‘मापदण्ड बनाएर जाँदा पार्टी एकताबद्ध हुन्छ, आकांक्षी व्यवस्थापन गर्न सकिन्छ, नपाउनेले पनि मापदण्डलाई हेरेर चित्त बुझाउँछ,’ भट्टराईले भनेका थिए, ‘मापदण्ड नहुँदा कसैले अवसर पाइरहने, र कसैले पाउँदै नपाउने अवस्था आउन सक्छ ।’

गुरु बरालकै प्रस्ताव पनि कुनै मापदण्डमा आधारित नभएको तर्क उनले गरेका थिए । ‘एउटै मान्छे सधैं फरक–फरक भूमिकामा मनोनीत भइरहने, र फेरिपनि उसैले प्राथमिकता पाइरहँदा राम्रो सन्देश जाँदैन,’ भट्टराईको तर्क थियो ।

सुवास नेम्वाङको निधन भएपछि ओलीले पार्टी उपाध्यक्ष मनोनीत गरेका बराल गत महाधिवेशनमा सोही पदका उम्मेदवार थिए । तर उपाध्यक्ष सहित केन्द्रीय सदसयमा समेत पराजित भएका बराललाई एक नम्बरमा राखेर समानुपातिक बन्दसूची तयार पारिएको छ ।

राष्ट्रिय सभामा उम्मेदवार बनेर पराजित भएका बराललाई प्राथमिकतामा राखिएपछि पदाधिकारीहरुले नाम सच्याउन आग्रह गरेका छन् । ‘अध्यक्षले प्रस्तुत गर्नुभएको नाम अन्तिम होइन, सच्याएर ल्याउनु होला,’ एक पदाधिकारी भन्छन् ।

बराल जस्तै पटकपटक अवसर पाइरहेका नेताहरु समानुपातिकको बन्दसूचीमा राखिएको उनी बताउँछन् । उनका अनुसार पार्टी सचिव पद्या अर्याल महिला तर्फ एक नम्बर सूचीमा छन् । अर्यालसँगै निरु पाल, शान्ता चौधरी, टुका हमाल, भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, मञ्चु चौधरी, कोमल वलीको नाम समानुपातिक बन्द सूचीमा राखिएको छ ।

प्रस्तावित सूचीका सबै नेता ओलीलाई समर्थन जनाउनेहरु मात्रै छन् । एक पक्षीय प्रस्ताव आएपछि एघारौं महाधिवेशनमा फरक समूहबाट पदाधिकारी जितेका गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टीभित्र एकताको सन्देश दिन पनि सूची सच्याउनुपर्ने माग राखेका छन् ।

‘उहाँहरुले सबैजसो क्लस्टरमा नाम दिनुभएको छ । खुला तर्फ एक नम्बर ईश्वर पोखरेल हुनुपर्छ पनि भन्नुभएको छ,’ ती पदाधिकारी भन्छन् । एक नम्बरमा गुरु बराल नभएर ईश्वर पोखरेललाई राख्दा पार्टीभित्र एकताको सन्देश जाने बिष्ट र भट्टराईले तर्क गरेका थिए ।

‘जस्तो सूची सुनाउनुभयो, त्यसमा पुनर्विचार गर्नस् । किनकी अहिले एमालेलाई एकताबद्ध हुनपर्ने आवश्यकता छ,’ भट्टराईले भनेका थिए, ‘महाधिवेशनपछि एमाले एकताबद्ध बनेको सन्देश दिन ईश्वर पोखरेललाई समानुपातिक तर्फ एक नम्बरमा राखौं ।’

जित्नेले हार्नेहरुलाई समेटेर लगेको सन्देश दिनपनि बैठकमा प्रस्तुत भएको बन्दसूची सच्याउनुपर्ने तर्क विष्टले गरेका थिए ।

‘हारजित बिर्साउनेगरी पार्टी एकताबद्ध बनाउनुपर्छ । त्यस्तो सन्देश दिने ठाउँमा तपाईँ (ओली) हुनुहुन्छ,’ विष्टले भनेका थिए, ‘महाधिवेशनमा फरक ढंगले उम्मेदवारी दिए भन्ने हिसाबले व्यवहार गरिनु हुन्न । दशकौं योगदान गरेका कमरेडहरु निराश नहुनेगरी निर्णय लिनुपर्छ ।’

तर्कसहित विष्ट र भट्टराईले बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरण तिम्सेनाहरूलाई समानुपातिकको बन्दसूचीमा समेट्न सुझाव दिएका छन् । ‘फरक समूहबाट उम्मेदवारी दिनुभयो, यो अलग विषय हो । तर बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरणहरूको नाम बन्दसूचीमा राखेको सन्देशले पार्टीको भोट घट्दैन,’ भट्टराईले भनेका थिए ।

शम्भु थापा, टीकाराम भट्टराई, गौरी प्रधान, सुशील प्याकुरेलको नाम पनि बन्दसूचीमा समेट्न आग्रह गरिएको स्रोत बताउँछ । बिष्ट र भट्टराई बाहेक ओली तर्फकै अरु पदाधिकारीहरुले पनि बन्दसूचीमा प्रस्तावित नाम सच्याउनुपर्ने बताएका थिए ।





Read More