― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsपार्टी परित्याग गरेकालाई घर फर्कन कांग्रेसको आह्वान

पार्टी परित्याग गरेकालाई घर फर्कन कांग्रेसको आह्वान


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र वा अन्य पार्टीमा गएका सदस्यहरूलाई फर्किन आह्वान गरेको छ।
  • केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फर्किने सदस्यलाई क्रियाशील सदस्यता र जिम्मेवारी दिने निर्णय गरेको छ।
  • कांग्रेसले विभिन्न पेशा र व्यवसायका व्यक्तिलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ । पार्टी परित्याग गरेर स्वतन्त्र बसेकादेखि अन्य पार्टीमा गएर उम्मेदवार बनेकासम्मलाई पार्टीमा फर्कन कांग्रेसले आह्वान गरेको हो ।

कार्यसम्पादन समितिको बैठकले यस्तो निणय गरेको जनाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ पार्टीका तल्ला कमिटीहरूलाई पठाइएको परिपत्रमा भनिएको छ, ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’

बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।

‘विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरूलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ,’ कांग्रेसले भनेको छ, ‘आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More