― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsरिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन – KhabarHost

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन – KhabarHost


राष्ट्रिय

समाचार.

  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ।
  • कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ।
  • आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ।

१३ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।

कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ ।

आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ । नेपालको पूँजीबजारमा यो आवेदन संख्या र संकलित रकम सम्भवतः हालसम्मकै बढी हो ।

कम्पनीले ७ पुसमा निष्कासन गरेको आईपीओको सबैभन्दा ठूलो हिस्सा (सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । ११ पुससम्म पूर्ण आवेदन नपरे २१ पुससम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको प्रबन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्स्क्राइब’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी नआउँदा यसले नेपाली पूँजीबजारमा नयाँ इतिहास रचेको कम्पनीको भनाइ छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबर १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ ।

सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७ सय ६८ कित्ता सर्वसाधारणका लागि खुलेको हो ।

वैदेशिक रोजगारी र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा सेयर बाँडफाँट भइसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More