― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsहर्क साम्पाङ – KhabarHost

हर्क साम्पाङ – KhabarHost


राष्ट्रिय

समाचार.

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने दावी गरेका छन्।
  • साम्पाङले सत्ताको मोह र प्रतिशोधको विचार मात्रै रहेको बताएका छन्।
  • उनीहरूले विदेशी डलरबाट पालिएका भ्रष्टहरूलाई अफवाह फैलाउने आरोप लगाएका छन्।

१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने रहेको दावी गरेका छन् । उनीहरूमा सत्ताको मोह र प्रतिशोधको विचार मात्र रहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच लामो छलफलपछि आइतबार बिहान सातबुँदे सम्झौता भएसँगै सामाजिक सञ्जालमार्फत भिडियो प्रतिक्रिया दिँदै साम्पाङले यस्तो बताएका हुन् ।

श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ पार्टी पुरानाजस्तै काम नलाग्ने रहेको उनको दावी छ ।

‘पुराना पनि काम नलाग्ने हुन् । श्रम संस्कृतिबाहेक अहिलेका पनि उस्तै हुन् । कसैसँग यो देशप्रति, जनताप्रति माया छैन,’ उनले भनेका छन्, ‘छ भने सत्ताको कुर्सीसँग माया छ र प्रतिशोध साँध्ने विचार छ । हामीलाई प्रतिशोधको राजनीति चाहिएको होइन ।’

साम्पाङले विदेशी डलरबाट पालिएका र भ्रष्टाचार गरेर कोठामा पैसा थुपारेकाहरूले श्रम संस्कृति पार्टी पनि अरु कुनै दलसँग मिल्छ भनेर अफवाह फैलाइरहेको जिकिर गर्दै कसैसँग नमिल्ने बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More