― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsकम्युन छापामारीको विरोधमा नेकपा माओवादीले संघर्ष गर्ने

कम्युन छापामारीको विरोधमा नेकपा माओवादीले संघर्ष गर्ने


राष्ट्रिय

समाचार.

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अर्घाखाँचीको सितगङ्गा–११ मा प्रहरी छापामारीको विरोधमा चार दिने देशव्यापी संघर्ष कार्यक्रम घोषणा गरेको छ।
  • माओवादीले १२ देखि १५ पुससम्म मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शन र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।
  • प्रहरीले ११ पुसमा कम्युनमा छापा मारेपछि माओवादीले सरकारले शान्तिपूर्ण निकास नचाहेको र स्वेत आतंक मच्चाएको आरोप लगाएको छ।

१२ पुस, काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

नेकपा माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शनलगायत संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले चार दिने देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिएको जनाए ।

उनका अनुसार केन्द्रीय कम्युनमा प्रहरी हस्तक्षेप र अपरेशनको विरोधमा आज शनिबार बेलुकी ६ बजे मशाल जुलुस निकालिनेछ ।

१३ पुसमा दिउँसो २ बजे कोणसभा, १४ पुस दिउँसो २ बजे विरोध प्रदर्शन र १५ गते दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

११ पुसमा सुरक्षाकर्मीको एक टोलीले अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको नेकपा माओवादीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । त्यसक्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

नेकपा माओवादीले भने सरकारले आफ्नो कम्युन र सर्वसाधारण जनताको घरमा छापा मारेर स्वेत आतंक मच्चाएको दावी गरेको छ ।

११ पुसमै विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने र अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्य गरेर स्वेत आतंक मच्चाएको जिकिर गरेका थिए ।

विज्ञप्ति मार्फत् उनले छापामारीको घटनाले सरकारले शान्तिपूर्ण निकास नचाहेको र देशलाई अशान्तितिर घकेल्न चाहेको पुष्टि भएको दावी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More