― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsपुरुषतर्फ पुलिस र हेल्प नेपाल विजयी – KhabarHost

पुरुषतर्फ पुलिस र हेल्प नेपाल विजयी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेका छन्।
  • नेपाल पुलिस क्लबले समूह बी मा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराएको हो भने हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफ क्लबलाई सोझो सेटमै हराएको छ।
  • प्रतियोगितामा शनिवार समूह डी मा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल संघ तथा समूह सी मा रुकुम पश्चिम प्रशिक्षण सेन्टर र बुढानिलकण्ड क्लबबीच खेल हुनेछ।

११ पुस, काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फको पहिलो खेलमा समूह बीमा रहेको विभागीय टोली पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हरायो ।

नयाँ टोली भएपनि ढोरपाटनले पुलिसलाई टक्कर दिने प्रयास गरेको थियो । तर अनुभवी पुलिसले आफ्नो अनुभव प्रयोग गर्दै एक सेट गुमाए पनि पहिलो खेल जित्दै विजयी सुरुवात गरेको हो ।

पहिलो सेट पुलिसले २५-२० ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा ढोरपाटनले टाईब्रेकरमा ३५-३३ ले आफ्नो पक्षमा पार्दै खेल रोमाञ्चक बनाएको थियो । तर चौथो सेट पुलिसले २५-१४ ले सहजै आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

यस्तै पुरुषतर्फ दोस्रो खेलमा समूह ए मा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले अर्को विभागीय टोद्यी एपीएफ क्लबलाई सोझो सेटमै हरायो । तीन विदेशी खेलाडी सम्मिलित हेल्प नेपाल विरुद्ध एपीएफले टक्कर दिने प्रयास गरेपनि एक सेट पनि जित्न सकेन । हेल्प नेपालले एपीएफलाई २५-२१, २५-२०, २५-२० ले पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिवार पनि पुरुषतर्फ दुई खेल हुनेछ । पहिलो खेल समूह डी मा रहेको त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल संघ तथा दोस्रो खेल समूह सी मा रहेको रुकुम पश्चिम प्रशिक्षण सेन्टर बूढानीलकण्ठ क्लब बीच हुनेछ ।





Read More