― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest news४ रिटर्नी उम्मेदवार सिफारिस – KhabarHost

४ रिटर्नी उम्मेदवार सिफारिस – KhabarHost



११ पुस, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपाल र नेपाल रिटर्नी एशोसिएसन(समाजवादी) ले समानुपातिक तर्फ चार जना ‍उम्मेदवारमा सिफारिस भएका छन्|

पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलरअनुसार दुवै संगठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो |

सिफारिस हुनेमा सेन्टरका तर्फबाट देवेन्द्र सम्बाहाम्फे र चेतना श्रेङ रहेका छन् भने समाजवादीबाट प्रविन पौडेल र अनिता कुमारी रहेका छन् |

संगठनको कमिटी तयार भै नसकेकाले दुवै संस्थाको फ्र्याक्सन इन्चार्ज र अध्यक्षले बिहीबार सर्वसम्मत नाम सिफारिस गर्ने निर्णय गरेको हो |

दुवै संगठनले पार्टीको निर्देशन तथा मापदण्ड पुर्‍याएर शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस पत्र पार्टी बुझाएको जनाएका छन् ।

दुवै संगठनले नाम, झन्डा र विधानलगायतका विषयमा सहमति गरिसकेको भए पनि संगठनको औपचारिक समायोजन पार्टी नेताहरूको व्यस्तताले रोकिएको छ |

संगठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारिस गरिएक एसोसिएसनका अध्यक्ष प्रविन पौडेलले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More