― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsप्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक



११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसमेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शीतल निवासमा छलफल गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More