― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsसातै प्रदेशका जेनजी प्रतिनिधिले भेटे बालेन – KhabarHost

सातै प्रदेशका जेनजी प्रतिनिधिले भेटे बालेन – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
  • जेनजी प्रतिनिधिहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेन्द्रलाई दिएका छन्।
  • बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए।

१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेनजीका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।

जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार जेनजीहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।

बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । अहिले बालेन त्यहाँबाट निस्किसकेका छ्न् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।





Read More