― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsसिन्धुलीको धुरा बजार क्षेत्रमा तनाव, प्रशासनले लगायो कर्फ्यु

सिन्धुलीको धुरा बजार क्षेत्रमा तनाव, प्रशासनले लगायो कर्फ्यु


राष्ट्रिय

समाचार.

  • सिन्धुलीको कमलामाई नगरपालिका–४ मा सुशीला घिसिङ बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • हत्या घटनापछि स्थानीयले आरोपितको घरमा तोडफोड गरेपछि सिन्धुली प्रशासनले बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको छ।
  • कर्फ्यु आदेशमा पाँच जनाभन्दा बढी भेला हुन, सवारी आवागमन र भेलाजन्य कार्यहरू निषेध गरिएको छ भने प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।

१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले बिहीबार तोडफोड गरेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु आदेश जारी भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

‘बच्चाको कपडा लिनजाने क्रममा स्थानीयले किन मान्छे छिरे भनेर स्थानीयहरू घर तोडफोडमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रयोग गर्नुपर्‍यो,’ सुवेदीले भने ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको ४ र ६ नम्बर वडामा पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेशमा कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनालाई लिएर स्थानियवासीबाट ढुङ्गामुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएकाले कर्फ्यु आदेश जारी भएको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘उक्त अवधिमा सवारी आवागमन, भेला–जुलुस तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा: ग्वाङ खोला, पश्चिममा: मदन भण्डारी राजमार्ग, उत्तरमा: कुमल फाँट, दक्षिणमा: घुराबजार चोकभित्र सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारीसाधनको आवाजावत, कुनै पनि किसिमको भेला जुलुस र भेलाजन्य कार्यहरू, पाँच ९५० जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ ।’

गत आइतबार अपराह्न साढे चार बजेको समयमा धुराबजार बस्ने सुशीला बम्जनलाई भान्सा कोठाभित्र ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन)ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ । आरोपी दुवै पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार पक्राउ परेकी मीनाले सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बयान दिएकी छन् । प्रहरीले दुवैविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा मुद्दा दर्ता गरेको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार मृतकका आफन्त र स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा धर्ना दिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More