― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsआगामी बजेटमा आयोजना बैंक कार्यान्वयन प्रभावकारी बनाउने तयारी

आगामी बजेटमा आयोजना बैंक कार्यान्वयन प्रभावकारी बनाउने तयारी


राष्ट्रिय

समाचार.

  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आयोजना बैंकको कार्यान्वयन प्रभावकारी बनाउने तयारी गरेको छ।
  • सचिव बैठकले आयोजना बैंकमा समयमै आयोजनाको विवरण प्रविष्ट गर्ने र बजेटमा केवल यस्ता आयोजना राख्ने निर्णय गरेको छ।
  • बैठकले एलडीसी ग्राजुएसन स्मुथ ट्रान्जिसन स्ट्राटेजी र १६ औं योजनाको कार्यान्वयनमा क्षेत्रगत मन्त्रालयलाई उच्च प्राथमिकता दिन भनिएको छ।

१० पुस, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको क्रममा आयोजना बैंकको कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।

सोमबार बसेको सचिव बैठकले आगामी आवको बजेट तर्जुमाका लागि आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको विवरण समयमै प्रविष्ट गर्ने निर्णय गरेको हो । यसअघि आयोजना बैंकको अवधारणा औपचारिकतामा मात्र सिमित गरिएको थियो ।

बजेट आउने दिनको अघिल्लो रातसम्म बजेटमा आयोजना घुसाउने प्रवृत्तिका कारण राजनीतिक स्वार्थका हजारौं खुद्रे आयोजना समावेश हुने गरेका छन् ।

यसलाई रोक्न सरकारले आगामी बजेटमा आयोजना बैंकको कार्यान्वयन प्रभावकारी बनाउने तयारी गरेको हो । आयोजना बैंकमा सामान्यतया पूर्वतयारी सम्पन्न भई कार्यान्वयनको चरणमा रहेका आयोजना प्रविष्ट गर्ने र यसरी प्रविष्ट गरिएका आयोजना मात्र बजेटमा राख्ने प्रावधान छ ।

सो बैठकले एलडीसी ग्राजुएसन स्मुथ ट्रान्जिसन स्ट्राटेजी र १६ औं योजनाको कार्यान्वयनमा क्षेत्रगत मन्त्रालय/निकायले उच्च प्राथमिकता दिई आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

साथै युसको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्यान्वयनमा रहेको कार्ययोजना बमोजिम सम्बन्धित निकायले आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य उच्च प्राथमिकताका साथ गर्ने निर्णय बैठकले गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More