― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsरेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस – KhabarHost

रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस – KhabarHost



१० पुस, चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ ।

सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झन्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।

उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् ।

उनले भरतपुर र माडी क्षेत्रका जनताको अपार माया र साथ सदैव पाइरहेको भन्दै सिंगो जीवन नै जनताको सेवामा सर्मपित गरेको बताइन् ।

चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए ।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए ।

सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको सर्मथनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More