― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsबालेन–रवि वार्तास्थलबाट सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं

बालेन–रवि वार्तास्थलबाट सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं



१० पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहेको छ ।

ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको हो ।

यसैबीच त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।

‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ गुरुङले भनेका छन् ।

भिडियो बनाइरहेका एक व्यक्तिले पृष्ठभूमिबाट ‘को–को नेता दाई ?’ भनेर प्रश्न गर्छन् ।

गुरुङले जवाफ दिँदै भनेका छन्, ‘हाम्रो मेयर साब र हाम्रो रवि लामिछाने । दुई जना नै ।’

उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको पनि बताएका छन् ।

‘हामी चाहीँ अब यहाँ गार्ड । थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन्,’ उनले भनेका छन् ।

फेरि उनलाई पृष्ठभूमिबाट प्रश्न आउँछ, ‘अब यत्तिकै बस्ने हो दाई ?’

गुरुङको जवाफ छ, ‘हो, अब यत्तिकै हो । चाबी हामीसँग छ ।’

बालेन र रविबीचको यो वार्तालाई निर्णायक भनिएको छ । यसअघि पनि उनीहरूबीच भेटवार्ता भएको थियो । तर, कसरी अघि बढ्ने भन्नेबारे सहमित भइनसकेको नेताहरूले बताएका छन् ।





Read More