― Advertisement ―

सोमबार, अप्रिल १३ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #771)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsदिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्ष लक्षित एक्स्चेन्ज अफर

दिपलको ‘फेस्टिभ ड्राइभ’, क्रिसमस र नयाँ वर्ष लक्षित एक्स्चेन्ज अफर


राष्ट्रिय

समाचार.

  • लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा ‘फेस्टिभ ड्राइभ’ टेस्ट ड्राइभ तथा एक्स्चेन्ज कार्यक्रम सुरु गरेको छ।
  • पुस १० देखि १७ सम्म नक्सालस्थित चांगान शोरुममा ग्राहकले दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिन र पुराना सवारीसाधन साटेर नयाँ ईभी लिन सक्नेछन्।
  • कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोट अनुभव र आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने एमएडब्लू वृद्धिले जनाएको छ।

१० पुस, काठमाडौं । लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्स्चेन्ज कार्यक्रम ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ ।

यो कार्यक्रममा ग्राहकले अत्याधुनिक ईभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिट पाउनेछन् । पुस १० देखि १७ सम्म सञ्चालन हुने यस अभियानमा ग्राहकले नक्सालस्थित चांगान शोरुममा दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल ईभी लिन सक्नेछन् ।

यो अभियानको उद्देश्य चाडपर्वको खुसीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोटको अनुभवका साथ ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन् ।

दिपलले नविनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयास स्वरुप यो अभियान सुरु गरेको छ । ‘यसको उद्देश्य अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि हो’ एमएडब्लू वृद्धिले एक विज्ञप्तिमा भनेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More