― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest news५ महिनामा सवा ४ अर्बको स्याउ आयात – KhabarHost

५ महिनामा सवा ४ अर्बको स्याउ आयात – KhabarHost


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँ बराबरको स्याउ आयात गरेको छ।
  • यस अवधिमा ३८ हजार २ सय ९३ टन स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
  • गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवमा स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको छ।

९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव साउन-मंसिर अवधिमा ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँको स्याउ आयात भएको देखाएको छ ।

यो भनेको ३ करोड ८२ लाख ९३ हजार ६ सय २४ किलो अर्थात् ३८ हजार २ सय ९३ टन स्याउ आयात भएको छ ।

उक्त परिमाणमा स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

गत आव २०८१/८२ सोही अवधिमा ३ अर्ब ७३ करोड २२ लाख ४ हजार रुपैयाँको ३ करोड ६२ लाख ७३ हजार १ सय ४१ किलो (३६ हजार २ सय ७३ टन) स्याउ आयात गरेको थियो ।

गत आव सोही अवधिको तुलनामा चालु आव स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More