― Advertisement ―

पूर्वाग्रहले तपाईंको एआई बजेट खाइरहेको छ

पूर्वाग्रह AI मा एक नैतिक त्रुटि मात्र होइन - यो सादा दृष्टिमा लुकाइएको लागत केन्द्र हो। प्रत्येक केही महिनामा एक उच्च-प्रोफाइल विफलताले बिन्दु प्रमाणित...
HomeLatest newsबल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत

बल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत


राष्ट्रिय

समाचार.

  • मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ।
  • बाबुल गिरीको संगीत रहेको गीतमा मरिचमान स्वयमले आवाज दिएका छन् र गीतले कथाको मुड दर्शाउने प्रयास गरेको छ।
  • फिल्मको छायांकन सम्पन्न भैसकेको छ र अहिले सम्पादन भैरहेको छ, जसमा विनोद न्यौपाने, पदम तामाङ लगायत कलाकारको अभिनय छ।

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा मरिचमान स्वयमले आवाज दिएका छन् । क्याची गीतले कथाको मुड दर्शाउने प्रयास गरेको छ ।

यो कमेडी कथावस्तुको फिल्मको यो गीतले दर्शकलाई मनोरञ्जन दिनेश निर्माताको विश्वास छ । गीतले सबै कुरामा पूर्ण रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको भन्दै कटाक्ष गरेको छ ।

गम्भीर विष्टले नृत्य निर्देशन गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । गीतमा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’ र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

लोकप्रिय टिभी श्रृंखलाको निर्माण, निर्देशन र अभिनयपछि मरिचमान यो फिल्मबाट फिचरमा डेब्यू गरेका हुन् । छायांकन सम्पन्न भैसकेको फिल्मको यतिबेला सम्पादन भैरहेको छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको पनि अभिनय छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More