― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsस्थानहदबारे एमालेलाई सरकारको जवाफ- आयोगको काममा प्रभाव पार्न भएन

स्थानहदबारे एमालेलाई सरकारको जवाफ- आयोगको काममा प्रभाव पार्न भएन


तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर



८ पुस, काठमाडौं । नेकपा एमालेले सरकारले शीर्ष नेतामाथि लगाएको स्थानहदबारे सरकारी टोलीसँग प्रश्न गरेको छ । मंगलबार दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोली पुगेको थियो ।

सो क्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतसँग सरकारी टोलीले छलफल गरेको थियो ।

उक्त छलफलमा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदबारे प्रश्न राखेको सञ्चारमन्त्री समेत रहेका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनका अनुसार, सरकारले आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन बमोजिम निर्वाचनको वातावरण बनाउन तयार रहेको जानकारी एमालेलाई गराइएको छ ।

‘उहाँहरूले स्वभाविक रुपमा स्थान हदको बारेमा कुरा उठाउनुभयो । स्थान हदको विषयमा हाम्रो स्पष्ट जवाफ के हो भने सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधिनमा रहेर सरकारले मिलाउनुपर्ने सम्पूर्ण वातावरण मिलाउँछ । त्यो पाटोमा सरकार अघि बढ्छ,’ खरेलले भने ।

त्यस्तै, यो प्रक्रियामा जोडिएका अन्य स्टेकहोल्डरहरूले गरिरहेको काममा पनि सरकारले प्रभाव पार्न नहुने उनले बताए ।

‘यसमा अरु स्टेकहोल्डर पनि जोडिन्छ । जस्तो अहिले आयोगले काम गरिरहेको छ, आयोगले गरिरहेको काममा प्रतिकूल प्रभाव पर्न भएन । उहाँहरूले उठाएको मुद्दा पनि सुनुवाइ हुनुपर्‍यो,’ सञ्चारमन्त्री खरेलले भने, ‘भोलि गएर चुनावमा भाग लिनुपर्छ भन्ने कुरालाई पनि सरकारले नजरअन्दाज गर्नु भएन । त्यसकारण हामी विधि, कानुन, प्रक्रियासंगत हिसाबले सरकारले जिम्मेवारीपूर्वक ढंगले वातावरण बनाउने कुरामा प्रतिबद्धता जाहेर गरेको छ ।’

वर्तमान सरकार नागरिक सरकार रहेको भन्दै उनले कसैलाई पनि अन्याय हुन नदिने जानकारी गराए ।

‘सबैतिरबाट अन्याय भयो, जनताबाट अन्याय भयो भन्नेमा हाम्रो त नागरिक सरकार हो । यसले अन्याय पनि गर्दैन कसैलाई अन्याय हुन पनि दिँदैन,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More