― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsशेरधन राई – KhabarHost

शेरधन राई – KhabarHost


फाइल तस्वीर



९ पुस, विराटनगर । नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् । सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै उनले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरे ।

एमाले कोशी प्रदेश कमिटीको मंगलबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाए ।

‘अहिलेको अवस्थामा १ लाखभन्दा बढी गोलीगठ्ठा, १ हजार २०० भन्दा बढी हातहतियार र ५ हजार ५०० भन्दा बढी कैदीहरू बाहिरै छन् । सुरक्षाकर्मीका पोशाकहरू बाहिर दुरुपयोग भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा निष्पक्ष चुनाव हुन सक्दैन,’ उनले भने ।

राईले प्रमुख राजनीतिक दलका नेताहरूमाथि सांघातिक हमला भइरहेको, घर र पार्टी कार्यालयहरू जलाइएको भन्दै सरकारले प्रतिशोधपूर्ण राजनीति गरिरहेको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साध्ने काम भइरहेको उनले बताए ।

‘नेताहरूलाई टर्चर गर्ने र भिसा रोक्ने जस्ता कार्यहरू भइरहेका छन्,’ उनले भने, ‘यो सरकारले सामाजिक सद्भाव भड्काएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको छ ।’

नेता राईले एमालेले देशव्यापी रूपमा जनतालाई परिचालन नगरेको भए देश निकै ठूलो दुर्घटनामा पर्ने दाबी गरे ।

एमाले कोशी प्रदेश कमिटीले सिंगो पार्टी पंक्तिलाई संघर्ष र आन्दोलनमा उत्रन आह्वान गरिसकेको जानकारी दिँदै राईले वर्तमान सरकारको कदमलाई डटेर सामना गर्ने चेतावनी समेत दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More