― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsबीपीएल खेल्न सन्दीप बंगलादेश प्रस्थान – KhabarHost

बीपीएल खेल्न सन्दीप बंगलादेश प्रस्थान – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश प्रस्थान गरेका छन्।
  • सन्दीपलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
  • सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको छ र उनले बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट ६ खेलमा ४ विकेट लिएका थिए।

७ पुस, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् ।

उनलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।

सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको थियो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।

सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए ।

सन्दीप लामिछानेको कप्तानीमा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More