― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsअन्यायपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको डा. शाहीको गुनासो – KhabarHost

अन्यायपूर्वक आफ्नो उम्मेदवारी खारेज गरेको डा. शाहीको गुनासो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल चिकित्क संघको निर्वाचनमा उपाध्यक्ष बागमती प्रदेश संयोजक पदका लागि डा. अरुण शाहीको उम्मेदवारी प्रक्रिया नमिलेको भन्दै खारेज गरिएको छ।
  • डा. शाहीले निर्वाचन समितिको निर्णय नियमविपरीत भएको भन्दै पुनर्विचारको माग गर्दै निवेदन पेस गरेका छन्।

६ पुस, काठमाडौं । नेपाल चिकित्क संघ (एनएमए)को निर्वाचनमा उपाध्यक्ष बागमती प्रदेश संयोजक पदमा उम्मेदवारी दिएका क्लिनिकल अंकोलोजिस्ट डा. अरुण शाहीको उम्मेदवारी संघले खारेज गरिदिएको छ । उम्मेदवारी दिँदा प्रक्रिया नमिलेको भन्दै एनएमएले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

डा.शाहीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णय नियमवीपरीत रहेको बताएका छन् । उनले निर्वाचन समितिको निर्णयविरुद्ध पुनर्विचारको माग गर्दै निवेदन पेस गरेका छन् ।आफ्नो उम्मेवारी खारेजीको निर्णय अन्यायपूर्ण र आधारहीन रहेको आरोप उनले लगाएका छन् ।

डा. शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, उनले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरेका थिए । एनएमएको निर्वाचन नियमावली २०७० को परिच्छेद ४ अनुसार उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत मनोनयन दर्ता गर्न सक्ने प्रावधान छ । तर, निर्वाचन समितिले पछि नोटरी पब्लिकबाट प्रमाणित गर्नुपर्ने सूचना जारी गरेपछि उनको वारेसनामालाई नोटरी गराइएको थियो ।

‘उम्मेदवारी मनोनयन गर्ने मितिमा म लन्डनमा ‘ईस्मफ इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुनुपर्ने भएकाले वारेसनामा मार्फत दर्ता गरेको थिएँ’ डा. शाहीले भनेका छन्, ‘नियमावलीमा नोटरी आवश्यक नभए पनि समितिको सूचना पछि नोटरी गराइयो । तर, मेरा विपक्षी उम्मेदवारको उजुरीका आधारमा खारेज गरियो, जुन अन्यायपूर्ण छ।’

डा. शाहीले निर्वाचन समितिको निर्णयले केही प्रश्न उठाएका छन् । नियमावलीमा नभएको नोटरी आवश्यकता छ भनी सूचना किन जारी गरियो ? दोस्रो, नोटरी प्रक्रिया नोटरी पब्लिक ऐन २०६३ अनुसार भए÷नभएको छानबिन गर्ने अधिकार समितिसँग छ कि अदालतसँग ? तेस्रो, गोपनीयता हक उल्लङ्घन गर्दै आफ्ना कागजात विपक्षी उम्मेदवार डा. सुवास भट्टराईलाई किन देखाइयो ?

निर्वाचन समितिले दाबी विरोधको जवाफ माग्न ढिलो गरेको र छलफलबिना हतारमा खारेज गरेको गुनासो उनको छ ।

एनएमएको निर्वाचन कार्यतालिका अनुसार २०८२÷०९÷०२ मा मनोनयन दर्ता गरिएको थियो भने पहिलो उम्मेदवार सूची २०८२÷०९÷०३ मा प्रकाशित भएको थियो । डा. शाहीको उम्मेदवारी प्रारम्भिक सूचीमा स्वीकृत थियो तर पछि खारेज गरियो ।

निर्वाचन समितिले यस विषयमा अझै औपचारिक प्रतिक्रिया दिएको छैन । डा. शाहीले संविधान प्रदत्त हकको रक्षा गर्दै उम्मेदवारी पुनर्स्थापित गर्न माग गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More