― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsलेखराज भट्टका भाइ गोकर्ण रास्वपा प्रवेश – KhabarHost

लेखराज भट्टका भाइ गोकर्ण रास्वपा प्रवेश – KhabarHost



६ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

त्यसयता एमालेमा निष्क्रिय रहेका उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् ।

रास्वपामा प्रवेश गर्दै गरेको विषय उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता/कार्यकर्तालाई निम्ता गर्दै उनले शनिवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो ४६ बर्षको राजनैतिक यात्रालाई अझ उचाइमा पुगाउन, गाउँमा बस्ने सोझा निमुखा जनता जो बिभिन्न राजनैतिक दलका नेताहरुका झुटा आश्वासनबाट आजका दिनसम्म ठगिँदै आइपुगेका दाजुभाइ दिदीबहिनीहरुलाई नयाँ नेपाल निर्माण गर्ने महान यात्राको अगुवाइ गर्ने जनताको प्यारो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बिधिवत रुपमा पार्टी प्रबेश गर्ने कार्यक्रम रहेकोले दाजुभाइ दिदीबहिनीहरु तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिकालागी सबिनय निवेदन गर्दछु ।’





Read More