― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsछाङरुमा सौर्य मिनिग्रिड सञ्चालन – KhabarHost

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन – KhabarHost


प्रतीकात्मक तस्वीर



६ पुस, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् ।

मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।

उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमित रूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए ।

मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत कार्यालयमा पनि सोही ग्रेडबाट विद्युत् आपूर्ति भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु चार करोड १३ लाख ३३ हजार १०२ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत् सेवा पुर्‍याउने प्रयास भए पनि हिमपात, बाढीपहिरोका कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुनसकेको थिएन । घरघरमा उज्यालो भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More