― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsआन्दोलन चर्किएसँगै बंगलादेशमा भारतीय भिसा केन्द्र बन्द

आन्दोलन चर्किएसँगै बंगलादेशमा भारतीय भिसा केन्द्र बन्द


राष्ट्रिय

समाचार.

  • बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएपछि भारतीय दूतावासले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ।
  • विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि चटगाउँमा भारतीय उच्चायोग अगाडि धर्ना र सहायक उच्चायुक्तको आवासमा ढुंगा प्रहार भएको थियो।
  • पक्राउ परेका १२ जनालाई प्रहरीले लाठिचार्ज गरेर तितरबितर पारेको र सुरक्षा कारण देखाउँदै भिसा केन्द्र बन्द गरिएको छ।

६ पुस, काठमाडौं । बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ ।

भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो ।

आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ ।

बंगलादेशमा विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बिहीबार राति चटगाउँस्थित भारतीय उच्चायोगको अगाडि केही मानिसले धर्ना दिएका थिए ।

हादी गत वर्ष २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनको एक अगुवा विद्यार्थी नेता थिए । उक्त आन्दोलनलाई शेख हसिना सरकारलाई सत्ताच्यूत गरेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका विभिन्न भिडियोमा हादीको हत्यापछि बिहीबार राति कयौं मानिस जम्मा भएर सहायक उच्चायुक्तको आवासमा ढुंगा हानिरहेको देखिन्छ ।

 घटनापछि प्रहरीले लाठिचार्ज गरेर उनीहरूलाई तितरबितर पारेको थियो । प्रहरीले घटनास्थबाट कम्तीमा १२ जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि १७ डिसेम्बरमा गत वर्षको जुलाई ओइक्या नामक एक समूहले ढाकामा भारतीय दूतावासको कार्यालय घेराबन्दी गर्ने घोषणा गरेको थियो ।

त्यसपछि सुरक्षा कारण देखाउँदै बुधबार दिउँसो जमुना फ्युर पार्कस्थित भिसा केन्द्र बन्द गरेको थियो ।

तर, ढाकास्थित भारतीय भिसा केन्द्र अर्को दिननै अर्थात् १८ डिसेम्बरमा पुन: सुचारु भएको थियो ।





Read More