― Advertisement ―

Amazon को २०२६ को मध्य-वर्ष भर्खरै सुरु भएको छ — यो EOFY किनमेल एक्स्ट्रावागान्जाको पहिलो दिनमा किनमेल गर्नका लागि यी उत्कृष्ट ७५+ डिलहरू हुन्।

ताजा गर्नुहोस् 2026-06-01T04:31:52.804Z आफ्नो घरमा AU$50 भन्दा कममा स्मार्टहरू थप्नुहोस् style="max-width:2000px;"> <source type="image/webp" srcset="https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1200-80.jpg.webp 1200w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1024-80.jpg.webp 1024w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq9p00p0ACBUZ-1024w 970w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650-80.jpg.webp 650w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650w 480w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-320-80.jpg.webp 320w"...
HomeLatest newsगल्ती महसुस नगर्ने व्यक्ति मानिस होइन – KhabarHost

गल्ती महसुस नगर्ने व्यक्ति मानिस होइन – KhabarHost



३२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज उठेको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो ।

यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । उनले भने, ‘अध्यक्ष कमरेड अब तपाईंले बिदा लिनुस् र अभिभावक बन्नुस् । महाधिवेशनका लागि भएकै पदाधिकारीमध्येबाट एक जना संयोजक तोकेर जाऔं ।’

हिजोबाट सुरु एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा आगामी मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव छ ।

सो राजनीतिक प्रस्तावमा जेनजी युवा आन्दोलनमा जनधनको क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सामान्य आत्मालोचना पनि नभएको भनेर पनि विरोध भएको छ ।

‘हामी यत्रो विध्वंसपछि यहाँ छौ । यो विध्वंस हुँदा हाम्रो पार्टी अध्यक्ष देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबखत आएको प्रतिवेदनमा सामान्य आत्मालोचना पनि छैन । यो विडम्बनापूर्ण छ,’ उनले भने ।

आफूले गरेको गल्ती महसुस नगरेको भन्दै उनले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । लेनिनको भनाइ उद्धृत गर्दै उनले भने, ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मानिस होइन ।’

उनले समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए ।

अर्का केन्द्रीय सदस्य रामलाल साहले रामलाल साह (मोरङ)ले नेपालमा हस्तक्षेप गर्ने वैदेशिक शक्ति किटान गर्नुपर्ने धारणा राखे ।   ‘वैदेशिक हस्तक्षेप हो भने क-कसको हो किटान गरौं र सोधौं । होइन भने समस्याको समाधान बाहिर नखोजौं’, उनले भने ।





Read More