राष्ट्रिय
समाचार.
- इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन्।
- न्युकासलका निक वोल्टमाडले खेलको पहिलो हाफमा दुवै गोल गरे।
- चेल्सीका रीस जेम्स र जोआओ पेड्रोले दोस्रो हाफमा समान एक-एक गोल फर्काए।
५ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् ।
खेलको पहिलो हाफमै दुई गोलको अग्रता लिएको न्युकासलले अग्रता जोगाउन सकेन । दोस्रो हाफमा चेल्सीले २ गोल फर्काएको हो ।
न्युकासलका लागि निक वोल्टमाडले दुवै गोल गरेका थिए । चेल्सीका रीस जेम्स र जोआओ पेड्रोले १-१ गोल गरे ।
खेलको चौथो मिनेटमा नै वोल्टमाडले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा उनैले गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ४९औं मिनेटमा जेम्सले गोल गरे । ६६औं मिनेटमा पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीपछि चेल्सी १७ खेलबाट २९ अंकसहित चौथो स्थानमा यथावत् छ । न्युकासल २३ अंकसहित ११औं स्थानमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

