― Advertisement ―

मैले भर्खरै मेरो यूरो ग्रीष्म यात्रामा Fujifilm तत्काल क्यामेरा लिएँ, र यसले मेरो सम्पूर्ण दृष्टिकोणलाई छुट्टीको तस्विरहरूमा परिवर्तन गर्‍यो – अझ राम्रोको लागि

तत्काल फोटोग्राफीले आजकल एकदमै फरक रूप लिन्छ। यसको प्रयोग (र अन्ततः अझै पनि हुन्छ) भनेको तपाईंले खिचेको फोटो हो जुन तुरुन्तै कागजमा छापिन्छ। वास्तविक...
HomeLatest newsईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं



५ पुस, काठमाडौं स। नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।

‘हामीले उठाएका विचारहरूलाई पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण लगायतका विषयलाई विधि र विधानभित्र बसेर निरन्तर उठाउने निष्कर्ष निकालेका छौं,’ उनले भने ।

उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे ।

महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगमा उम्मेदवारी दिनुभएका कमरेडहरूको संक्षिप्त बैठक आयोजना गरेका हौं । महाधिवेशन कस्तो भयो यसको राजनीतिक सन्देश के भयो भन्ने देशव्यापी समीक्षा गर्ने तयारी गरेका छौं । हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध बनाउन हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौं ।

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।

‘लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छ । प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्म भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी संरचनाको दुरुपयोग गरिएको छ,’ उनले भने ।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘पार्टीभित्र पक्षपात, गुटबन्दी, विभाजन, काखापाखा गर्ने प्रस्ताव आए भने हामी पार्टी संगठनभित्र बसेर प्रतिवाद गर्छौं,’ भट्टराईले भने ।





Read More