― Advertisement ―

$ 500 HP N100 ल्यापटप Amazon मा एक उत्कृष्ट बिक्रेता हो। यसले मलाई दुःखी बनाउँछ।

यो HP ल्यापटप Amazon को सबैभन्दा धेरै बिक्रि हुने विन्डोज नोटबुक हुन सक्छ, तर म यो सिफारिस गर्न सक्दिन विन्डोज नोटबुक प्राइम डे भन्दा...
HomeLatest newsमधेशमा सभामुखका लागि जसपा नेपालका यादवले गराए मनोनयन दर्ता

मधेशमा सभामुखका लागि जसपा नेपालका यादवले गराए मनोनयन दर्ता



५ पुस, जनकपुरधाम । मधेशमा सात दलीय गठबन्धनबाट जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा प्रस्तावक नेपाली काँग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् ।

मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । भोलि सभामुख पदको लागि निर्वाचन हुने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित छन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेका थिए ।





Read More