― Advertisement ―

‘युक्रेन द्वन्द्व ड्रोन फुटेजको आधा मिलियन घण्टा’ स्वायत्त लक्षित ड्रोन झुण्डहरूको लागि नयाँ एआई मोडेलहरू तालिम र तैनाती गर्न प्रयोग गरिने छ।

500k लाई युद्धमा प्रयोग हुने घण्टाको लागि प्रशिक्षणवास्तविक-विश्व डेटाले सिंथेटिक डेटा भन्दा गहिरो सन्दर्भ र उच्च गुणस्तर प्रदान गर्दछयुक्रेनका अधिकारीहरू "अपरेटिङ सिस्टमहरूको युद्ध" मा...
HomeLatest newsकांग्रेस नेता अर्जननरसिंह केसी चुनाव नलड्ने – KhabarHost

कांग्रेस नेता अर्जननरसिंह केसी चुनाव नलड्ने – KhabarHost



५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जननरसिंह केसी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनी अघिल्लो निर्वाचनमा गरिएको सार्वजनिक घोषणाअनुसार आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नहुने भएका हुन् ।

‘क्षेत्रीय सभापतिले के गर्ने दाइ ? को–कोलाई पठाउने भन्दा मैले अघिल्लो चुनावमा नै अर्को चुनाव लड्दैन भनेको हुँ । लड्दिनँ भनेपछि लड्दिनँ,’ केसीले गृह जिल्ला नुवाकोटमा आयोजित एक कार्यक्रममा भनेका छन्, ‘म अर्जुननरसिंह केसी बोल्दै बोल्दिनँ, बोलिसकेपछि त्यो कुरामा टिक्छु । त्यहाँ मलाई कहीँ केही राख्नु पर्दैन भनेको थिएँ ।’

नुवाकोट– २ का क्षेत्रीय सभापति जगतबहादुर तामाङले केसीको नाम नराख्दा गलत सन्देश जाने भएकोले समानुपातिकतर्फ सिफारिस गरेको बताए । नुवाकोट–२ बाट प्रतिनिधिसभा सनमानुपातिकतर्फ क्षेत्रीय समितिले सिफारिस गर्नुको कारणबारे पनि केसीले कार्यक्रममा जानकारी गराएका थिए ।

‘भोलि चुनाव लड्न पनि नाम चाहिने भयो, हामीले त समानुपातिकमा राख्यौं है । तपाईंको नाम त चाहियो भन्नुभयो,’ नेता केसीले क्षेत्रीय सभापति तामाङको भनाइ उद्धृत गर्दै भने, ‘तर, मलाई त्यो पनि चाहिएको थिएन । तपाईंहरूले राख्नुभयो, ठीकै छ । प्रत्यक्षको मैले लड्दैन नै भनेको हुँ । यो अहिले भनेको होइन, योभन्दा अगाडिको चुनावमा भनेको हुँ ।’

नेता केसीले प्रत्यक्षतर्फ निर्वाचन नलडे पनि आफू राजनीतिबाट टाढा भने नहुने स्पष्ट पारे । ‘पार्टीभित्र पनि मेरो सम्पूर्ण एकता होस् भन्ने मेरो इच्छा हो । चुनाव नलड्नुको अर्थ म राजनीति छाड्नु होइन,’ उनले भने, ‘राजनीतिमा त्यत्तिकै सक्रिय हुन्छु । पार्टीको केन्द्रीयस्तरदेखि हरेक कुरामा सक्रियतामा कुनै कमी आउँदैन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More