― Advertisement ―

65 प्राइम डे टेक डीलहरू म वास्तवमा आफ्नै पैसाले किन्न चाहन्छु – AirPods, Kindles, TVs, ट्याब्लेटहरू, र थप

ताजा गर्नुहोस् 2026-06-22T02:13:05.609Z नयाँ AirPods मात्र $९९ मा लिनुहोस् यदि तपाइँ Apple को सस्तो AirPods खोज्दै हुनुहुन्छ भने, सबै नयाँ AirPods 4 मात्र $99 मा...
HomeLatest newsराप्ती र नारायणी नदीमा बढे घडियाल गोही, गोलाघाटमा देखियो डल्फिन

राप्ती र नारायणी नदीमा बढे घडियाल गोही, गोलाघाटमा देखियो डल्फिन



५ पुस, चितवन । चितवनका दुई प्रमुख नदीहरु राप्ती र नारायणीमा दुर्लभ एवं संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन गणनाका क्रममा दुवै नदी प्रणालीमा ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

उनका अनुसार राप्ती नदीमा २३१ वटा र नारायणी नदीमा १३५ वटा घडियाल गोही रहेको पाइएको हो । गत वर्ष दुवै नदीमा गरेर ३५२ वटा घडियाल गोही देखा परेको थियो जसमा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा रहेका थिए ।

यस वर्ष अनुगमनमा क्रममा घडियाल भाले गोहीको संख्या पनि बढेको देखिएको छ । राप्ती नदीमा ७ बटा र नारायणी नदीमा २ वटा गरी ९ वटा भाले घडियाल गोही अनुगमनको क्रममा देखा परेको थियो।

दुवै नदी प्रणालीमा भाले घडियाल गोहीको संख्या अघिल्लो वर्षको तुलनामा धेरै रहेको पाइएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

निकुञ्जले २०८२ मंसिर २१ गतेदेखि २९ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गोहीको प्रत्यक्ष अवलोकन गरेको थियो ।

नदी प्रणालीमा घडियाल गोही तथा यसको बासस्थानको वर्तमान अवस्थाको अद्यावधिक जानकारी लिन यस्तो अनुगमन निरीक्षण गरिएको सूचना अधिकारी थापाले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा सन् १९७८ देखि घडियाल गोही प्रजनन् केन्द्र स्थापना गरेर घडियाल गोही संरक्षणमा महत्वपूर्ण काम हुँदै आएको छ ।

केन्द्रले हरेक बर्ष खोलाबाट घडियालका अण्डा संकलन गरेर बच्चा तयार गरी राप्ती तथा नारायणीसहित देशका अन्य नदीहरुमा छाड्दै आएको छ ।

गोलाघाटमा देखियो डल्फिन

घडियाल गोही गणनाका क्रममा राप्ती र नारायणी नदी मिलन भएको गोलाघाट क्षेत्रमा एक डल्फिनसमेत देखिएको थियो । नारायणी नदीमा बेलाबखत यस्ता डल्फिनहरु देखिने गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी थापामगरले डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक संकेत भएको बताए ।

नारायणगढ नजिकै रहेको नदी किनारमा पनि २०८० सालमा डल्फिन देखिएको थियो । नारायणी नदीमा बेलाबखत यस्ता डल्फिन देखिने गरेका छन् । विषेश गरी गोलाघाट क्षेत्रमा डल्फिन देख्न पाइन्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More