― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest newsभरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन

भरतपुरको सिटी हल ५ वर्षदेखि अधुरै, कुलमानले गरे अवलोकन



५ पुस, चितवन । चितवनको भरतपुर महानगरमा बन्दै गरेको सिटी हल निर्माणको काम अलपत्र परेको छ । हलको माथि बनाइएको ट्रसको डिजाइनमा नै त्रुटि भएपछि नयाँ डिजाइन तयार गरिएको आयोजनाको दाबी छ ।

निर्माण रोकिएको हलको सहरी विकास मन्त्री कुलमान घिसिङले अवलोकन गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले रोकिएको कामलाई चाँडै अगाडि बढाउन निर्देशन दिए ।

भवनको माथि निर्माण कम्पनीले राखेको ट्रस २०८२ जेठमा आएको हुरीले खसालेर भाँचेको थियो । ६० मिटर लामो फलामको ट्रसको बीचमा कुनै सर्पोट नहुँदा भाँचिन गएको थियो ।

ट्रसको काम नहुँदा अरु बाँकी काम गर्न नसकिएको निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीले बताउँदै आएको छ । त्यसका सञ्चालक सहदेव खड्काले आफूहरुले डिजाइन अनुसार नै काम गर्दा दुर्घटना भएको बताए ।

डिजाइनमा नै त्रुटि भएपछि नयाँ डिजाइन तयार गरिएको उनले बताए । नयाँ डिजाइन अध्ययन कै चरणमा छ ।

निर्माण कम्पनीले गत मंसिर १ गते वर्कसप ड्रोइङहरु पेस गरेको त्यसको रिभ्यू भैरहेको छ । ट्रस निर्माणका लागि आवश्यक निर्माण सामाग्रीहरु निर्माण कम्पनीले आयात गरिनसकेको आयोजनाले जनाएको छ ।

मन्त्री घिसिङले सबै तयार गरेर भाँचिएको भए ठूलो क्षति हुन सक्ने भन्दै आगामी दिनमा यस्ता घटना नहुने गरी काम गर्न निर्देशन दिए ।

ट्रस भाँचिए पछि काम रोकिएको पनि १० महिना भन्दा बढि भयो । सिटीहलको भौतिक प्रगति ६० प्रतिशत पुगेको दाबी छ ।

हलको मुख्य संरचनाको केही काम भए पनि ट्रसको डिजाइनको काम नहुँदा थप काम रोकिएको निर्माण पक्षले जनाएको छ ।

२७ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी वि.सं २०७७ मङ्सिर १८ गते निर्माण सम्झौता गरिएको थियो । २०८० फागुन १४, २०८१ माघ ३० र २०८३ असार मसान्तसम्मका लागि भनेर तीनपटक म्याद थप भैसकेको छ । आयोजनाले तोकिएको म्याद भित्र पनि हलको काम सक्न नसकिने र थप ६ महिना अरु लाग्ने जनाएको छ । ठेकेदार कम्पनीले भेरिएसन गराउने कामलाई अगाडि बढाएको छ ।

तोकिएको समयमा काम नसकिएको, लागत बढेको र पहिले डिजाइन अनुसार बनाएको ट्रस पनि भाँचिएकोले भेरिएन हुनुपर्ने अडान उसले लिएको छ । सिटी हल इन्डो सगुन रौताहा जेभीले भ्याटसहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ मा ठेक्का लिएको थियो ।

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाहा चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो ।

हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको छ । सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । साथै ३०० जना अट्ने क्षमताको सभा हल पनि रहनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More