― Advertisement ―

प्लास्टिकको फोहोरले चाँडै विमानलाई इन्धन गर्न सक्छ किनभने अनुसन्धानकर्ताहरूले नयाँ रिएक्टर प्रणाली प्रयोग गरेर खारेज गरिएका सामग्रीहरूबाट सस्तो जेट इन्धन विकास गर्छन्।

हामीलाई सीधै jet मा रूपान्तरण गर्न सकिन्छ। इन्धनएउटा ट्यान्डम रिएक्टर प्रणालीले प्लास्टिकलाई ४६० डिग्री सेल्सियसमा तोड्छरुथेनियम उत्प्रेरक साइटहरूले व्यावसायिक विकल्पहरू भन्दा धेरै राम्रो चयनशीलता...
HomeLatest newsकुनै खबर पढेपछि कहिलेकाहीं… – KhabarHost

कुनै खबर पढेपछि कहिलेकाहीं… – KhabarHost


राष्ट्रिय

समाचार.

  • समाजमा हिंसा, अन्याय र शोषणका घटनाले मानिसहरूलाई निराश र असहाय बनाएको महसुस भयो।
  • अधिकारहीन र निर्दोष मानिसहरू पीडित बनेका छन् र उनीहरूको भविष्यप्रति अभिभावकहरू चिन्तित छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
कुन खबर ?
फेरि जङ्गल उनीहरूकै कब्जामा परेको खबर ।
ए, त्यही खबर ?
हो, त्यही खबर ।
ए, ए… फेरि झ्यास–पतिङ्गरहरूले वसन्त चुनेको खबर ?
हो, हो… त्यही खबर ?
अच्छा, दुम्सीहरूले आफ्ना गन्धोस्ताद
र कण्टककेशरी रोजेको खबर ?
हो, हो… सोही खबर ।
ए, ए, ए… फेरि रैतीहरूले पुरानै महाराज वरण गरेको खबर ?
हो, हो, हो… उही खबर ।
यो खबर पढेर मलाई कस्तो महसुस भयो ?
हो, भन्दिनुस् न,

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

मलाई यस्तो महसुस भयो-
जस्तो: दुःशासनले द्रौपदीको सारीको
सप्कोमा झम्टा मार्‍यो
र तमासबीनहरूले करतलध्वनिमा
अनुमोदन गरे निरीह नग्नता

जस्तो: वर्तमानको बचेखुचेको-
करिब १ सय ४० नानोग्राम-
लुसिफेरिन उज्यालोलाई
निल्यो भविष्यको अन्धकारले
र, बिलखबन्दमा छन् जूनकिरीहरू
रुनु कि हाँस्नु ? टिमटिमाउनु कि नटिमटिमाउनु ?

जस्तो: नवराज विक भागिरहेका छन् भेरीको किनारैकिनार
र, प्रेमको हत्यार्थ जमजमाइरहेको छ
लाठी, भाला र ढुङ्गा बोकेर
ठकुरी भीड

जस्तो: जर्ज फ्लोयडको घाँटी छटपटाइरहेको छ
डेरेक सोभनको घुँडामुन्तिर
र, सिङ्गै पोलिटिकल इको सिस्टम
गरिरहेको छ घ्यारघ्यार- कि,
आई क्यान्ट ब्रिद

जस्तो: कार्ल मार्क्स
लगाइरहेछन् आफैंलाई सिस्नुपानी
र, गरिरहेछन् भ्लादिमिर लेनिनलाई कानेखुसी
यिनको अश्लील कोरसभन्दा
कार्डी बीको र्‍याप राम्रो !

जस्तो: कविहरू
प्रज्ञा–प्रतिष्ठान वा संस्थान वा आयोग ताकेर
छन् ध्यानस्थ
र, आगामी महाकाव्यको शीर्षक नफुरेर
बेचैनीवश थपिरहेछन्
ठर्रामाथि ठर्रा

जस्तो: मृतकहरूलाई पुनः मर्ने निम्तो
आएको छ
सिंगो सुपारीसहित

जस्तो: केवल र केवल चिर्पट–लायकहरूका
गलामा फसेका छन् निर्दोष खादाहरू
र, ग्लानिले मरेतुल्य भएका छन्

जस्तो: अभिभावकहरू आफ्ना नानीहरूको
भविष्यलाई लिएर
थप सजग भएका छन्
र, थोपरिरहेछन् तिनमाथि
छुद्रता र नीचताको ट्युसन

जस्तो: हत्याराको हातको रगत
पखाल्दा–पखाल्दा
विरक्त भएको छ साबुन
र, गरिरहेको छ अपसोच
आफ्नो जन्मदिनमाथि

यो खबर पढेर
साँच्चै भनूँ भने
पुनः एक चोटि
समयले
मलाई
अन्धागल्छीमा
धकेलेको
महसुस भयो

खस्दाखस्दै
यत्ति जान्न चाहन्छु म-
हाल कुन चाहिँ
खाडी मुलुक जानु
राम्रो होला ?

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More