― Advertisement ―

सयौं नक्कली क्रोम VPN विस्तारहरू NordVPN, प्रोटोन, र थप प्रतिरूपण गर्दै तपाईंको ट्राफिक अपहरण गर्दै पक्राउ

Socket फेला पारेको टोली र अनुसन्धान टोली Chrome वेब स्टोरमा प्रोक्सी विस्तारहरू, 75,000 भन्दा बढी संयुक्त स्थापनाहरूसँगएड-अनहरूले प्रोटोन VPN र NordVPN जस्ता विश्वसनीय नामहरूको...
HomeLatest newsमधेशमा सभामुखको निर्वाचन तालिका प्रकाशित – KhabarHost

मधेशमा सभामुखको निर्वाचन तालिका प्रकाशित – KhabarHost



४ पुस, जनकपुरधाम । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरेको छ ।

मंसिर ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउन सकिने तालिकामा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार शनिबार दिउँसो साढे ३ बजे दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ ।

सार्वजनिक सूचीका आधारमा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

समर्थकले समर्थन गरेपछि उम्मेदवारमाथि सामूहिक छलफलपछि दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गर्ने कार्यतालिका रहेको उल्लेख छ ।

प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पद अनुकूल आचरण नगरेको अभियोग लगाएर गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले दुई तिहाइ बहुमतले पदमुक्त गरेपछि सो पद रिक्त छ ।

सातलीय गठबन्धनमा जसपाबाट सभामुख बनाउने सहमति भएको छ । सभामुखका लागि जसपाबाट प्रदेश सांसद रामअशिष यादव र मनिष सुमनको नाम चर्चामा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More